Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्सको नाफा १० प्रतिशतले घट्यो


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले तेस्रो त्रेमाससम्ममा १६ करोड ८१ लाख ५ हजर रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा १०.८४ प्रतिशतले घटेको हो । खुद बिमा शुल्क आम्दानी १.८१ प्रतिशतले बढेपनि लगानी तथा अन्य आम्दानी ३२.८९ प्रतिशतले घटेको छ । आइएमईले ७ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर बिक्री गरी चुक्ता पुँजी १ करोड ७० लाख रुपैयाँ भन्दा बढी पुर्याएको छ । यद्दपि, तेस्रो त्रैमासको विवरणमा भने पुँजीकृत गरेको छैन । यको रिजर्भ कोष र बिमा कोषमा पनि सुधार भएको छ । विवरण अनुसार प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ । यद्दपि, बोनस र हकप्रद सेयर पुँजीकृत भएपछि भने प्रतिसेयर आम्दानी फरक पर्नसक्छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह