Logo

Sub-banner

त्रिभुवन विश्वविद्यालयमा आइतबार पनि नियमित पठनपाठन हुने


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


त्रिभुवन विश्वविद्यालयले आइतबार पनि पठनपाठन जारी रहने जनाएको छ ।

आइतबार एक सुचना जारी गर्दै टियूले कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन तथा परिक्षाको तालिका पहिले नै निर्धारण भइसकेकाले आइतबार पनि विश्वविद्यालयमा नियमित पठनपाठन हुने जनाएको हो ।

विश्वविद्यालयको पाठ्यक्रम संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेका कारण विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगाएत अन्य सुविधाहरु नियमीत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

टियूले अर्को सूचना जारी नभएसम्म साबिक बमोजिम आइतबार पनि विश्वविद्यालयका सेवाहरु सञ्चालन रहने जानकारी दिएको हाे ।

सरकारले पेट्रोलियम खर्च बचतका लागि हप्तामा दुई दिन (आइतबार पनि) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह