Logo

बैंक / बिमा /शेयर

सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   २ जेष्ठ २०७९, सोमबार


सिक्लेस हाइड्रोपावर लिमिटेडले साधाण सभा आह्वान गरेको छ ।

कम्पनीले जेठ १३ गत आभ्या क्लब घारीपाटन १७ पोखरा, कास्कीमा बिहान ११ बजे देखि १७ औं वार्षिक साधारण सभा सुरु हुने जनाएको छ । सभाले चुक्तापूँजीको १० दशमलव ५२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह