युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले तेस्रो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा कम्पनीको नाफा १९४.५७ ले बढी हो । गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै, कम्पनीको आम्दानी ४८.११ प्रतिशतले बढेको छ । कम्पनीले बिजुली बेचेर १४ करोड ९० लाख आम्दानी गरेको हो ।
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १६.४६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.५७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया