Logo

बैंक / बिमा /शेयर

विन नेपाल लघुवित्तकाे लाभांश संशोधन


GDP नेपाल
   ३ जेष्ठ २०७९, मंगलबार


विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ ।

कम्पनीको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको बोनस १.६७ प्रतिशतले घटेको हो ।

कम्पनीको सातौँ वार्षिक साधारण सभा जेठ २० गते, श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह