नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९ दशमलव ४९ कित्ता सेयर सूचिकृत भएको हो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २९ गते सम्पन्न भएको ३३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया