Logo

बैंक / बिमा /शेयर

हकप्रद सेयर निस्कासनका लागि राधी विद्युतले बोर्डमा दियो आवेदन


GDP नेपाल
   ४ जेष्ठ २०७९, बुधबार


राधी विद्युत कम्पनीले हकप्रद निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिशेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६०.९९ कित्ता हकप्रद सेयर निस्कासनका लागि आवेदन दिएको हो । हालको आयोजनाको ऋण तिर्ना र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले कम्पनीले हाल कायम चुक्ता पुँजीको  १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। हकप्रद निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई जिम्मेवारी दिएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह