Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक लघुवित्तकाे साधारण सभा जेठ २८ गते


GDP नेपाल
   ५ जेष्ठ २०७९, बिहिबार


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीका अनुसार सभा जेठ २८ गते बुटवल सुख्खानगर, रुपन्देही अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालिमा बिहान ११ बजे शुरु हुनेछ । सभाले आव २०७७र ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले यस वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बन्द हुने जानकारी दिएको छ । यस आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह