लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।
सभा जेठ २३ गते काठमाडौंमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो १ बजे हुने बताइएको छ । सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया