Logo

Banner-news

सुर्खेतको भेरिगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाइने


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


सरकारले सुर्खेतको भेरिगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामघाटमा प्रादेशिक विमानस्थल बनाइने बताएकी हुन् ।

यस्तै, उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी र निर्माणको ढाँचा टुंगो लगाइने तथा निर्माण सम्पन्न भएका क्षेत्रीय विमास्थलहरू सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने र विमानस्थलहरूमा सुविधाजनक टर्मिनल निर्माणकार्य सुरु गरिने पनि बताइन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह