Logo

बैंक / बिमा /शेयर

आईपीओ निष्कासनका लागि दुई कम्पनीले पाए बोर्डबाट अनुमति


GDP नेपाल
   ११ जेष्ठ २०७९, बुधबार


नेपाल धितोपत्र बोर्डले दुई ओटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ ।

बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । आदर्श लघुवित्तले ६७ हजार कित्ता तथा राप्ती हाइड्रो २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् ।

आदर्श लघुवित्तको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ भने राप्ती हाइड्रोको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

राप्ती हाइड्रोले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि आईपीओ निष्कासन गरेपछि मात्रै दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह