नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरपालिका भित्र कल सेन्टर सञ्चालन गर्ने भएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै ग्राहकको सहजताका लागि विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना आदान प्रदान गर्न उपत्यका भित्र कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
प्राधिकरणको उक्त कल सेन्टरमा ग्राहकले प्राधिकरणको हटलाईन नम्बर ११५० मा सम्पर्क गरी गुनासो कल सेन्टरमा जानकारी गराउन सक्नेछन् । उक्त सेवा २४ घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया