Logo

बैंक / बिमा /शेयर

१५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै विन्ध्यवासिनी हाइड्रोपावर


GDP नेपाल
   १३ जेष्ठ २०७९, शुक्रबार


विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो । उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह