Logo

बैंक / बिमा /शेयर

नबिल बैंक ‘आईजे ग्लोबल म्यागेजिन’ को शीर्ष २० बैंकमा सूचीकृत


GDP नेपाल
   १३ जेष्ठ २०७९, शुक्रबार


नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्लुसिभ लिग तालिकामा सुचीकृत भएको छ ।

आईजे ग्लोबल यूरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ ।

आईजे ग्लोबल तथ्याङले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ, जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानून फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४औँ स्थानमा छ, जुन जी–एसआईबी शीर्ष २० औँ मा पर्न सफल भएको छ ।

लिग तालिकामा बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

बैंकले १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरूसँग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह