प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ३४ हजार ४३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमध्ये ३९ हजार ८२० कित्ता शेयर सर्वसाधारण र संस्थाहरुले खरीद गर्न पाउछन् भने बाँकी रहेको ९४ हजार ६११ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन् ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नआएपछि ३९ हजार ८२० कित्ता शेयर सर्वसाधारण र संस्थाका लागि जारी गरिएको हो । शेयर खरिदका लागि आगामी १५ दिनभित्र खरीद आवेदन पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापकहरुका लागि जारी गरिएको शेयरमा भने सूचना जारीको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्रि गरिने छ।
प्रतिक्रिया