Logo

Sub-banner

 तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो


GDP नेपाल
   १७ जेष्ठ २०७९, मंगलबार


पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिनुभयो ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्दतमा त्यसलाई हटाउन सुरु गरेका छौँ, आधा घण्टापछि सञ्चालन होला ।” ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ । 

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह