Logo

बैंक / बिमा /शेयर

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत


GDP नेपाल
   १७ जेष्ठ २०७९, मंगलबार


मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको १ लाख ९८ हजार कित्ता र नेको इन्स्योरेन्स कम्पनीको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेको इन्स्योरेन्सको गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो भने सपोर्ट लघुवित्तले गत पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह