नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बीरकृष्ण महर्जन नियुक्त भएका छन् ।
कम्पनीको डेपुटी सिईओ रहेका महर्जनलाई सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट आगामी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया