Logo

बैंक / बिमा /शेयर

उच्च ब्याजदरसहित बैंक अफ काठमाण्डूको ‘बिओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक


GDP नेपाल
   १८ जेष्ठ २०७९, बुधबार


आफ्ना ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।

बैंकका अनुसार यो खाता खोल्ने ग्राहकले अन्य खातामा भन्दा बढि ब्याजदरसहित विभिन्न निशूल्क सुबिधाहरु पाउनेछन् ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउने बैंकले जनाएको छ । साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।

यस बचत खाताका विशेषता

  •  वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
  • न्यूनतम् मौज्दात रु १०,०००।
  • त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
  • निशुल्क चेक बुकको ब्यवस्था ।
  • Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
  • सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
  • विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
  • ग्राहक महानुभावहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
  • पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
  • निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
  • पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह