Logo

Sub-banner

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट


GDP नेपाल
   २० जेष्ठ २०७९, शुक्रबार


सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ ।

गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख ,तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, तिला गाउँपालिकालाई रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ । यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड , सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख समपूरक बजेट प्राप्त गरेको छ ।

यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह