Logo

बैंक / बिमा /शेयर

वातावरण दिवसको अवसरमा लक्ष्मी बैंककाे ग्रीन बचत खाता पुनः सञ्चालन


GDP नेपाल
   २२ जेष्ठ २०७९, आइतबार


५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंक लिमिटेडले ग्रीन बचत खाता पुनः सञ्चालन गर्ने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर बैंकले वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको हो ।

यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदरका साथै ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्ने छन् । बैंकका अनुसार ‘एक खाता, एक रुख’ को प्रतिबद्दता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिङ खाताको वापत एउटा रुख रोपिने छ ।

यस्तै, ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह