नबिल बैंकले आफ्नो केन्द्रीय कार्यलयका साथसाथै अन्य १७ वटा शाखाका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गनै दिने भएको छ ।
बैंकले बुधबार काठमाडौ महानगरपालिकासंग ५ वर्षका लागि सम्झौता गर्दै सार्वजनिक शौचालयको सेवा सुरु गरेको हो । यस्तै, शौचालयमा चाहिने पानि लगाएत सरसफाइमा बैंकले पूर्ण ध्यान दिने बताइएको छ ।
काठमाडौँका मेयर बालेन्द्र साहले सार्वजनिक शौचालय व्यवस्थाबारे उपत्यका भित्र रहेका होटल, रेष्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय अघि सारेसँगै महानगरले यसबारे व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको थियो ।
सोही सम्झौता अनुरुप नबिल बैंक र महानगरबीच आगामी पाँच वर्षको लागि सम्झौता भएको हो ।
प्रतिक्रिया