Logo

बैंक / बिमा /शेयर

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा


GDP नेपाल
   २५ जेष्ठ २०७९, बुधबार


समृद्धि फाइनान्स ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएका कुल ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता रहेका छन् ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

यो लिलामी सेयरमा विद्यमान संस्थापक र सर्वसाधारण समूह, अन्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन ।

बोलपत्र काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाण्डौ, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह