Logo

बैंक / बिमा /शेयर

कामना सेवा बैंकद्वारा १३ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


GDP नेपाल
   २५ जेष्ठ २०७९, बुधबार


कामना सेवा विकास बैंक लिमिटेडले १३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको कमल गाउँपालिका वडा.७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधिमा सन्तोष राईलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस्तै, वडाअध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह