दोर्दीखोला जलविद्युत आयोजना कम्पनीले प्राथमिक सेयर (आईपीओ) बिक्रि खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रि खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् एक लाख नौ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड भएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार यसअघि आयोजना प्रभावितका लागि छुट्याइएकोमध्ये बिक्री नभएको २ लाख ९७ हजार ८४० कित्तासमेत थप गरी आईपीओ खुला गरिएको हो ।
आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय, मेरो शेयरको वेब तथा एपबाट जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया