‘सोल्टी होटल’ र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार सोल्टी होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा गरिमा बैंकका ग्राहकले आर्कषक छुट पाउने छन् ।
बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउने छन् ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिंदै आईरहेको छ ।
प्रतिक्रिया