जानकी फाइनान्सले २१ हजार २६४ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।
कम्पनीले संस्थापक सेयरधनी मनोज कुमार सिंहको स्वामित्वमा रहेको सेयर बिक्रिमा ल्याएको हो । सेयरको बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिनभित्र कम्पनीको प्रमुख कार्यालय जनकपुरमा निवेदन दिन सक्नेछन् ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया