Logo

बैंक / बिमा /शेयर

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

मर्जर सहमति भएसँगै दुवै बैंकले नेप्सेलाई समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए । २७ जेठ २०७९ मा दुवै बैंकबीच एक आपसमा गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराउँदै दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी जानकारी गराउन नेप्सेलाई पत्र लेखेका थिए । सोही अनुसार आजबाट दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह