कुमारी बैंक लिमिटेड र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल सेन्द्रल प्लाजामा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी बैंकको डेबिट वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ।
प्रतिक्रिया