Logo

बैंक / बिमा /शेयर

प्रिमियर इन्स्योरेन्सकाे संस्थापक सेयर लिलामीमा, बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल


GDP नेपाल
   २ असार २०७९, बिहिबार


प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता ३५० तोकिएको यस सेयरमा लगानीकर्ताले न्यूनतम मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी असार ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह