Logo

बैंक / बिमा /शेयर

नबिल बैंककाे महिला तथा युवा लक्षित क्यासब्याक योजना सार्वजनिक


GDP नेपाल
   २ असार २०७९, बिहिबार


नबिल बैंकले महिला तथा युवा लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको हो । यस परियोजनामा १८ देखि २४ वर्षका आपनो स्वामित्वमा व्यवसाय संचालन गरिरहेका युवा तथा महिलाहरु पर्ने बैंकले जनाएको छ ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइने कम्पनीले जनाएको छ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह