ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु. २२,००० (कर वाहेक) उपलब्ध गराउने छ ।
यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाईने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइदै आइएको हो ।
नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी आइइमईले २ सय ३० आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
प्रतिक्रिया