नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले १ हजार अंकित दरको २५ लाख कित्ता ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको हो । यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त ऋणपत्रको अवधि ५ वर्ष र ब्याजदर १०.५०%प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । बैंकले नियमनकारी निकायहरुबाट स्वीकृति लिन बाँकी रहेको हुनाले स्वीकृति पाएपश्चात मात्र ऋणपत्र जारी हुनेछ ।
प्रतिक्रिया