बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
सानिमा क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट भएको बाँडफाँटमा एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात खाली भएको छ । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो ।
लगानीकर्ताले विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो शेयरबाट आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।
साथै सिडीएस क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सक्नेछन् ।
प्रतिक्रिया