हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले २०७८ साल साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त परिमाणको सेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू १०० तोकिएको छ । खरीद गर्न इच्छुक व्यक्तिहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
यो सेयर खरीदका लागि न्यूनतम १०० कित्ताको सीमा तोकिएको छ भने अधिकतमको लागि कुनै हद लाग्ने छैन । यो सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट पनि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया