Logo

Banner-news

नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सम्बन्धी गतिविधिमा सहकार्य गर्ने सम्झौता


GDP नेपाल
   ८ असार २०७९, बुधबार


नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् ।

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गर्नुभयो ।

 

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह