Logo

Banner-news

अडिओ प्रकरण: जिम्मेवारीबाट हटाइए न्यायाधीश कोइराला, ३ सदस्यीय छानबिन समिति गठन



ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन करोडौँको बार्गेनिङ गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई जिम्मेवारीबाट हटाइएको छ ।

न्यायपरिषदको बुधबार बसेको बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्दै कोइरालालाई जिम्मेवारीबाट हटाएको हो । बैठकले ४५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।

अधिवक्ता रुद्र पोखरेलसँगको बार्गेनिङ अडिओ सार्वजनिक भएसँगै कोइराला विवादमा तानिएका थिए । अडिओमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन बार्गेनिङ गरेको सुनिएको छ । सो अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका छन्।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह