Logo

Banner-news

घोराही उपमहानगरकाे बजेट २ अर्ब ३२ करोड


GDP नेपाल
   १० असार २०७९, शुक्रबार


घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० नीति योजना कार्यान्वयनका लागि २ अर्ब ३२ करोड ९० लाख ९१ हजार बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाको ११ औं नगरसभाले विनियोजन गरेको उक्त बजेटमध्ये उपमहानगरपालिकाले १ अर्ब, २५ करोड ४१ लाख ८१ हजार अर्थात कुल बजेटको ५३.८५ प्रतिशत चालूगत र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात कुल बजेटको ४६.१५ प्रतिशत बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ ।

उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्षका लागि नीति तथा योजना कार्यान्वयनका लागि बजेट सार्वजानिक गर्दै आन्तरिक आय तर्फ ३२ करोड, वित्तिय समानीकरण अनुदानतर्फ ३५ करोड ९५ लाख , राजश्व बाँडफाँडतर्फ २५ करोड ७६ लाख ५८ हजार, संघीय राजश्व बाँडफाँटतर्फ ७ लाख संघीय सशर्त अनुदानतर्फ ७१ करोड, २ लाख, समपूरक अनुदानतर्फ १ करोड र विशेष अनुदानतर्फ २ करोड रुपैया विनियोजन गरेको हो ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह