Logo

कृषि / सहकारी

मिर्मिरे लघुवित्तले डाक्यो विशेष साधारण सभा


GDP नेपाल
   १६ असार २०७९, बिहिबार


मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ ।

सभा असार १५ गते बुधबार दिनको ४ बजे बसेको कम्पनीको २३६ औँ बैठकले विशेष साधारण सभा असार ३१ गते गर्ने निर्णग गरेको हो ।

यस्का साथै, लघुवित्तले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ ।

उक्त प्राप्ति प्रस्ताव पारित गर्न बुद्धज्योती लघुवित्तले पनि असार ३१ गते विशेष साधारण सभा बोलाएको छ ।

मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रीय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११ बजे सभा बोलाएका हुन् ।

यस्तै, विशेष साधारण सभा प्रयोजनको लागि मिर्मिरे लघुवित्तले असार २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत पारित गर्ने कम्पनीको विकृप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह