Logo

Banner-news

सरकार नै देशको उद्योग बन्द गराउने पक्षमा देखियो : दुगड


GDP नेपाल
   १७ असार २०७९, शुक्रबार


नेकपा एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडले सरकारले ल्याएको बजेट उद्योग मैत्री नभएको बताएका छन् ।

सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएको बताउँदै दुगडले भने ‘नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन् । तर आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलमा उत्रिनुपर्यो । सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएको छ ।

यस्तै, सरकार नै उद्योग बन्द गराउने पक्षमा रहेकाले आफूहरु आन्दोलनमा उत्रीएका उद्योगीको पक्षमा रहेको उनले जनाए ।

‘सरकार नै देशको उद्योग बन्द गराउने पक्षमा देखियो’, उनले भने ,’हामी आन्दोलमा उत्रिएका उद्योगीहरूको पक्षमा छौं,’ । 

सरकारले विदेशी स्यानिटरी प्याड आयातमा कर छुट दिँदा नेपली स्यानिटरी प्याड उत्पादन नै बन्द हुने स्थितिमा गएको जनाउँदै उनले भने ‘देशको उद्योगलाई सहयोग गर्नेभन्दा पनि उद्योग बन्द गराउने पक्षमा यो सरकार रहेको छ,’ ।

यस्तै, दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाए । श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको भन्दै उनले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायसँगको सल्लाह सुझाबका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने उनले बताए । सरकारले अर्थतन्त्र संकटमा पुग्दा समेत कोहीसँग छलफल र सहकार्य नगरेको उनको आरोप छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह