Logo

कृषि / सहकारी

आँधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त मर्जरमा जाने


GDP नेपाल
   २३ असार २०७९, बिहिबार


आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् ।

आँधीखोला र सिवाइसी नेपाल लघुवित्त १००ः७० को स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । जसअनुसार आँधीखोला लघुवित्तका शेयरधनीहरुले १०० कित्ता शेयर बापत मर्जरपछि बन्ने नयाँ कम्पनीको ७० कित्ता शेयर प्राप्त गर्नेछन् ।

आँधीखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांजाको बयरघारीमा रहेका छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ ।

आँधीखोलाको हाल कायम चुक्तापुँजी ११ करोड ९० लाख रुपैयाँ र सिवाइसीको १२ करोड १६ लाख रुपैयाँ रहेको छ । यदि दुई लघुवित्तबीच मर्जर सम्पन्न भएमा बन्ने कम्पनीको चुक्ता पुँजी २४ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह