Logo

Uncategorized

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको ‘एभरेष्ट इन’ ले बनायो रेकर्ड


GDP नेपाल
   २८ असार २०७९, मंगलबार


विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको ‘एभरेष्ट इन’ले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

सोलुखुम्बुको गोरख्से एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बन्न सफल भएको हो । ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित यस होटलले ‘वर्ल्ड बुक्स रेकर्ड्स’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार सम्पन्न एक कार्यक्रमकाबीच होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र वर्ल्ड बुक्स रकर्डस् लण्डनका नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सन २००४ देखि होटल निर्माण कार्य सुरु गरेको स्मरण गर्दै प्रबन्ध निर्देशक शेर्पाले सुरुवाती समयमा उक्त कार्य निकै चुनौतीपूर्ण रहेको बताए ।

‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन् । त्यहाँ केही उब्जाउ पनि हुँदैन् । निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ’ शेर्पाले भने, ‘आज यो उपलब्धि कायम गर्न पाउँदा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।’ 

सो कार्यक्रममा बोल्दै मन्त्री क्षेष्ठले यो रेकर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन क्षेत्रमा नयाँ आयाम थपिएको बताए । यस्तै, कोभिडबाट थलिएको पर्यटन व्यसायलाई कसरी पुनस्र्थापित गर्ने भन्नेमा मन्त्रालयले विभिन्न कार्यक्रम र एजेन्डाहरु घोषणा गर्ने श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पा, गायक निर्णय श्रेष्ठ, मिलन गुरुङ, अजय अधिकारी सुशील,फोटोग्राफर हरि गोपाल प्रधान लगायत थुप्रैको उपस्थिति थियो।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह