Logo

बैंक / बिमा /शेयर

२८ प्रतिशतले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा


GDP नेपाल
   २० श्रावण २०७९, शुक्रबार


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा २८.१० प्रतिशतले बढेको हो ।

उक्त वित्तीय विरण अनुसार यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ। बढेको छ। हाल बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशतले बढेको छ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह