Logo

Banner-news

चन्द्रागिरी हिल्सकाे नाफा २ करोड ५५ लाख


GDP नेपाल
   २२ श्रावण २०७९, आइतबार


चन्द्रागिरी हिल्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी २७ करोड २६ लाख रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा २२ करोड १९ लाख रुपैयााँमा सिमित हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा २०१.८४ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा रहेको छ । अघिल्लो बर्ष १७ रुपैयाँ ७८ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा रहेको छ । चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँले ऋणात्मक छ ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह