Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंककाे संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


गरिमा विकास बैंकले संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले आजदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यस सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त संस्थापक सेयरमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह