Logo

बैंक / बिमा /शेयर

साना किसान विकास लघुवित्तकाे खुद नाफा ७० करोड ८३ लाख


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तिय विवरण अनुसार बैंकले चौथो त्रैमाससम्ममा ७० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब बढी रुपैयाँ भएको छ ।

गत वर्ष संस्थाले १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा संस्थाले १६ अर्ब ३० करोड रुपैयाँ सापटी लिई २९ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले १३ अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको रिजर्भको आकार १५.०१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ थियो ।

संस्थाको एनपीएल घटेर ०.६८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ०.६९ प्रतिशत थियो । चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४५.२८ रुपैयाँ, पीई रेसियो २३.५२ गुणा र प्रतिसेयर नेटवर्थ २६६.०८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह