Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’, ८४ लाखसम्मको बीमा


GDP नेपाल
   २९ श्रावण २०७९, आइतबार


एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’अन्तर्गत ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’ ल्याएको छ । बैंकले ज्येष्ठ नागरिकलाई ५ वर्ष अवधिका लागि अधिकतम ८४ लाख रुपैयाँसम्मको बीमा कभर हुने गरी ३ श्रेणीहरू रहेको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

निक्षेपमा ढुक्कले पैसा राखेसँगै यति धेरै फाइदाको अवसर हासिल गर्न ज्येष्ठ नागरिकलाई यो सुनौलो मौका भएको बैंकले बताएको छ । बैंकका अनुसार बचत खातामा ज्येष्ठ नागरिकका लागि नेपालको बैंकिङ क्षेत्रमै अतुलनीय अफर हो ।

‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ अन्तर्गतको एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया श्रेणी छन् । एनआईसी एशिया गुडविल एम्बेसडरअन्तर्गत न्यूनतम १ लाखको मौज्दात, द प्राइड अफ एनआईसी एशियामा न्यूनतम ५० हजार र द पार्टनर अफ एनआईसी एशियामा न्यूनतम २५ हजार रुपैयाँ मौज्दात गरी खाता खोल्न सकिनेछ ।

त्यस्तै, एम्बेसडर खातामा ८४ लाख रुपैयाँ, प्राइड खातामा ४२ लाख रुपैयाँसम्म र पार्टनर श्रेणीमा २१ लाख रुपैयाँसम्मको बीमा फाइदा प्राप्त हुने यी तीन श्रेणीका फाइदा खाता खोलेको पाँच वर्षसम्म उपलब्ध हुने बैंकले जनाएको छ । जसका लागि ग्राहकले कुनै किसिमको अतिरिक्त शुल्क वा प्रिमियम तिर्नु पर्दैन ।

साथै, तीनै श्रेणीका खातावालालाई बैंकले ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा दिएको छ । डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा पाँच वर्षका लागि निःशुल्क कारोबार गर्न पाइने व्यवस्था छ । रू। ५ लाखसम्मको क्रेडिट कार्डको सीमा पाइनेछ भने ग्राहकलाई क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क नलाग्ने व्यवस्थासमेत बैंकले गरेको छ ।

पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न र ई–कमर्स एक्टिभेसन शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ । यससँगै ५ वर्षसम्म निःशुल्क चेक प्रोसेसिङ, आरटीजीएस, आईपीएस तथा सीआईपीएस, लकर शुल्क, लकर मार्जिन, एटीएमबाट नगद झिक्न ९स्वदेशी बैंक० र एटीएमबाट मौज्दात जाँच गर्न ९स्वदेशी बैंक० सकिनेछ । साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिइनेछ । यसमा अमेरिकी डलर, युरो क्यानेडियन, पाउण्ड स्ट्रर्लीङ र अस्ट्रेलियन डलर सटहीमा सुविधा दिने गरी व्यवस्था गरेको छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह