Logo

Uncategorized

श्रृजनशील लघुवित्तको आइपीओ आजबाट बिक्री खुला


GDP नेपाल
   १५ भाद्र २०७९, बुधबार


श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री खुला भएको छ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गरेको छ। जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

आवेदकले न्यूनतम १० कित्तादेखि एक हजार कित्ताका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म थप हुनेछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह