Logo

Banner-news

बालेनलाई उच्च अदालतको च्यालेन्ज, टुकुचा खोलामाथिका अवैध संरचना नभत्काउन आदेश


GDP नेपाल
   २ आश्विन २०७९, आइतबार


उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका अवैध संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अल्पकालीन आदेश जारी गरेको हो । न्यायाधीश बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन आदेश दिएको हो ।

काठमाडौँ महानगरपालिकाले गत बिहिबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा वर्षौदेखि नापीनक्साबाटै गायब भएको टुकुचा खोला फेला पारेको थियो । महानगरले काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको (करिब पाँच सय मिटर क्षेत्रफल) टुकुचा खोला माथि नै बनेका अवैध संरचना हटाउन लागेसँगै उच्च अदालतमा रिट दायर भएको थियो ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह