Logo

बैंक / बिमा /शेयर

राधी विद्युत कम्पनीको हकप्रद सेयर बिक्री खुला


GDP नेपाल
   ५ आश्विन २०७९, बुधबार


राधी विद्युत कम्पनीले हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह